एक पुरुष नर्स, जसले ८५ जना बिरामीलाई एकाएक मारीदिए

शुक्रबार, जेष्ठ २४, २०७६



ओल्डेनबर्ग ।  बिरामीको लागि डाक्टर/नर्स भनेका भगवान हुन ।  उनी एक नर्स थिए ।  उनको  काम थियो, बिरामीको सेवा गर्नु  । तर उनले बिरामीको हेरचाह गर्ने बहानामा विषालु इन्जेक्सन दिएर ८५ जना बिरामीलाई एकाएक मारीदिए ।

जर्मनीमा भएको यस घटनाले विश्वलाई आतंकित बनाएको छ ।  यस भयावह घटना पश्चात अदालतले पुरुष नर्सको लागि आजीवन कारावासको सजाय सुनाएको छ ।

न्यायधीश सेबेस्टियन बुहरम्यानले हत्यारा नील्स होगेलद्वारा गरिएको यस भयावह हत्या मानवीय कल्पना भन्दा परको रहेको बताएका छन ।

सन २००० देखि २००५  सम्ममा होगेलले एक -एक गरेर ८५ जना बिरामीहरुलाई मृत्युको मुखमा होमिदिए ।  यदि ऊनी समातिने थिएनन त यसप्रकारको वीभत्स हत्या रोकिने थिएन।

विभिन्न हिंसा र हत्याको मामलामा होगेललाई  पहिले पनी आजीवन काराबासको सजाय सुनाइएको थियो।  उनले दश साल सजाय काटीसकेका छन ।

यस घटानाले पुन: चर्चा पाएसँगै होगेललाई दोषी ठहर गर्न  प्रहरीले १३० भन्दा बढ़ी शव बाहिर निकाले।  प्रहरीको आशंका छ, होगेलले २०० भन्दा ज्यादा बिरामीको ह्त्या गरेका छन ।

होगेलको २००५ मा  डेलमेनहोर्स्टमा एक बिरामीको विषालु इन्जेक्सन दिइरहेको बखत रंगेहाथ पकडिएका थिए । सोही घटना पश्चात उनको सात सालको सजाय सुनाइएको थियो।

दोस्रो घटना २०१४/१५ तीर भयो।  उनले पाँच  बिरामीको ह्त्या गरेको रहस्य पुन: खुल्न  आयो।  तत्पश्चात उनको सजाय सीमा बढ्यो।  उनलाई १५ वर्षको कारबास सजाय सुनाइयो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata