हिन्द महासागरमा भेटियो अजिव जनावर, जान्नुहोस यसको बारे

शुक्रबार, बैशाख ६, २०७६



जाभा ट्रेन्च । हिन्द महासागरको सबैभन्दा गहिरो बिन्दुमा एक रहस्यमयी नयाँ प्राणी देखा परेको छ । हिन्द महासागरको सबैभन्दा गहिरो बिन्दु  ‘जाभा ट्रेन्च’मा  उक्त  रहस्यमयी प्राणी देखा परेको हो ।

डाइभेर भिक्टर भेस्कोभोको टिम सामुन्द्रीक अनुसन्धानका लागि जाभा ट्रेन्च पुगेका थिए । जाभा ट्रेन्चले हिन्द महासागरको सबैभन्दा गहिरो बिन्दुलाई बुझाउँछ । जो २४,४४० फिट अर्थात ७,४५० मिटर गहिरो बिन्दु हो ।

डाइभेर भिक्टर भेस्कोभो

डाइभेर भिक्टर भेस्कोभो

प्रारम्भिक अनुसन्धानको क्रममा जाभा ट्रेन्च पुगेका भेस्कोभोको टिमले एक अज्ञात रहस्यमयी प्राणीको फोटो लिएका छन्। जुन पहिलो अज्ञात प्रजाति रहेको उनीहरुको ठम्माइ छ ।

Amazing moment: Alan Jamieson, the expedition's chief scientist, spoke to CNN Travel about the incredible find: "It just so happened to drift right up to our camera, make a 90-degree turn, give us a beautiful shot of it and off it went -- so it's just such an unbelievably lucky shot,"

उक्त असाधारण जीवको फोटो खिच्न प्रयोग भएको क्यामरा

“देख्दा कृत्रिम जस्तो देखिन्छ । तर जब जेलिफिसले जस्तै गरि आफ्ना ट्यांन्टकल्स घुमाउँछ उ अन्धकारमा हराउँछ, मलाई अजिव लाग्यो ।” उक्त अभियानको मुख्य खोजकर्ता एलन जेमिसीन बताउँछन् । “असाधारण स्वरुप भएको जीव, जो हालसम्म संसारमा देखिएका कुनै पनि जीवजस्तो छैन ।” हामी भाग्यमानी रहेछौं की हाम्रो क्यामाराले उसको फोटो लिन सक्यो ।” उनले भने ।

यसको नाम, रहनसहन, चालचलनको बारेमा अनुसन्धान भैइरहको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank