सूदूरपश्चिम प्रदेशका चार जिल्लामा बृहत जनस्वास्थ्य शिविर सम्पन्न

स्वास्थ क्षेत्रमा करिब २९ करोड बजेट अपुग

बुधबार, फाल्गुन २९, २०७५

- पदम राज भट्ट



कैलाली ।  स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा कैलाली, बैतडी, दार्चुला र बझाङमा एकिकृत बृहत जनस्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजना तथा नेपालगंज मेडिकल कलेज ,हिमाल डेन्टल हस्पिटल,सामाजिक बिकास मन्त्रालयको सहकार्यमा सम्पन्न भएको छ । शिविरमा स्त्री रोग बिशेषज्ञ सेवा , जनरल ओपिडी सेवा ,गर्भवतीलाई अल्टा«साउण्ड सेवा ,दन्त सेवा, योग शिविर र स्वास्थ्य शिक्षा प्रर्दशनी प्रदान गरीएको छ ।

2

एकिकृत बृहत जनस्वास्थ्य शिविरबाट कैलालीमा ८१५ , बैतडीमा १६०० , दार्चुलामा १०५५, बझाङमा ८११ जना सेवाग्राही लाभान्वित भएका छन् ।  सुदूरपश्चिममा अन्धविश्वास कारण वर्षेनी सयौं जनाको ज्यान जाने गरेको तथ्याङक रहेको छ । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अबस्था सुधारको लागि पहाडी दुर्गम क्षेत्रमा एकिकृत जनस्वास्थ्य अभियान अन्र्तगतको स्वास्थ शिविर र जनचेतनामुलक अभियान , पोषण प्रर्दशनी ,स्वास्थ्य शिक्षा सुचना प्रकाशन र वितरण,बिभिन्न संचार माध्यमबाट स्वास्थ्य सम्बन्धी सन्देश फैलाउने ,समुदायसम्म आमा समुहको माध्यमबाट स्वास्थ सम्बन्धी सन्देशहरु फैलाउने काम भईरहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीका स्वास्थ्य शिक्षा अधिकृत नवराज कडेंलले बताए ।

सुदूरपश्चिम प्रदेशमा अस्पतालहरु रिफर सेन्टरको रुपमा मात्रै सीमित बन्न पुगको स्थानियको गुनासो रहेको छ । स्वास्थ्य अबस्था सुधारको लागी नेपालगञ्ज मेडीकल कलेज ले पनि जनरल स्वास्थ्य शिविर , बिशेषज्ञ स्वास्थ शिविर ,शल्यक्रिया शिविरमा सहकार्य गर्दे आइरहेको छ ।

3

त्यस्तै गरी महिलाहरुमा पाठेघर (आङ खस्ने ) समस्या धैरै रहेका पाईएको छ । महिलाहरुमा पाठेघर (आङ खस्ने ) मुख्यकारण सानै उमेरमा बिबाहहुने , जन्मान्तर कम हुने , सत्केरी अबस्थामा गाहो्र काम गर्ने ,पोसिलो खानेकुरा नखाने ,पुरुष प्रधान देश भएकाले महिलानै सबै कामगर्नु पर्ने बाध्यता रहेको नेपालगंज मेडीकल कलेजका स्वास्थ सेवा ईकाई प्रमुख रामबहादुर मल्लले बताए । महिलाहरुको पाठेघर (आङ खस्ने ) समस्याको निःशुल्क शल्यक्रिया शिविर नेपालगंज मेडिकल कलेजको प्राविधिक सहयोगमा चैत्र ९ गते बाट डडल्धुराको उपक्षेत्रिय अस्पतालमा सुरु हुने भएको छ ।

सुदूरपश्चिममा  स्वास्थ क्षेत्रमा करिब २९ करोड बजेट अपुग

सुदुरपश्चिममा स्वास्थ्य क्षेत्रमा चालु आर्थिक बर्षमा स्वास्थ्यमा चालु कार्यक्रमको करीब २९ करोड बजेट अपुग देखिएको छ । सरकारले लागु गरेको आमा सुरक्षा कार्यक्रमको सुदुरपश्चिम प्रदेशमा डडेल्धुराको अमरगढी नगरपालिका बाहेक सबै स्थानियतहमा पहिलो चौमासीक बजेट सकिएको छ । सेति अञ्चल अस्पतालमा आमा सुरक्षा कार्यक्रमको २ करोड ५० लाख रुपैया उधारो छ ।

आमा सुरक्षा कार्यक्रम , सुरक्षित गर्भपतन कार्यक्रममा १२ करोड ८४ लाख ,परीवार स्वास्थ्य कार्यक्रममा १ करोड ३८ लाख ,क्षमताअभिबृद्धी तथातालिम केन्द्रमा १ करोड ९४ लाख ५० हजार ,बाल स्वास्थकार्यक्रममा ६ करोड ६३ लाख ४० हजार , मानसिक स्वास्थ्य तालिम कार्यक्रममा २ करो ८० लाख ,फर्निचर र फर्निसिङमा २५ लाख ,कार्यालय संचालन, इन्धन तथा मर्मत सम्भार ३ करोड ८८ लाख,स्वास्थ्य व्यवस्थापन कार्यक्रममा ३० लाख ,कालाजार निवारण कार्यक्रममा ५ लाख ,महामारी नियन्त्रण कार्यक्रममा १२ लाख ,औलो रोग निवारण कार्यक्रममा ४३ लाख ,भ्रमण खर्चमा ३० लाख ,स्वास्थ्य शिक्षा तथा प्रबद्र्धनात्मककार्यक्रममा ५५ लाख ,प्रयोगशाला व्यवस्थापनमा ४० लाख बजेट अपुग भएको छ ।
सुदूरपश्चिम प्रदेशमा १३ वटा अस्पताल, १६ वटा प्राथमिक स्वास्थ केन्द्र, ३७६ वटा स्वास्थचौकी र १३१ वटा सामुदयिक स्वास्थ ईकाई र सहरी स्वास्थ ईकाई रहेका छन् ।

6

सुदूरपश्चिम प्रदेशमा स्वास्थ सुधारको लागीएकिकृत जनस्वास्थ शिविर ,जटिल प्रसुति जटिल दुर्घटना सर्पदंशका बिरामीलाई हवाई उद्दार सेवा ,स्थानियतहलाई आधारभुत स्वास्थ सेवा सुदृढीकरण मा सहयोग अनुदान , सिकलसेल एनिमिया ब्यस्थापन रलागूऔषध पुर्नस्थापना सम्बन्धी गतीबिधीको कार्ययोजनाको मस्यौदा तयार हुने क्रममा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank