अनामनगर चोकमा खुल्यो–ए क्याफे, गुणस्तरीय खाना–खाजा सुपथ मुल्यमा पाइने

बुधबार, असार २७, २०७५



काठमाडौँ । अनामनगर चोकमा ए क्याफे संचालनमा आएको छ । घट्टेकुलो जाने बाटोमा संचालनमा ल्याइएको क्याफेमा गुणस्तरीय खाना–खाजा सुपथ मुल्यमा पाइने संचालकले जनाएका छन् । क्याफेमा ग्राहको रोजाई अनुसार विशेष परिकार (नेपाली, चाइनिज, ईन्डियन, इटालियन, कन्टेनेन्टल, नेपाली खाना आदि) पाइन्छ । यहाँ अर्गानिक कफीको समेत स्वाद लिन पाइन्छ ।

A cafe अनामनगर चोकमा खुल्यो–ए क्याफे, गुणस्तरीय खाना–खाजा सुपथ मुल्यमा पाइने

विगत लामो समयदेखि देश तथा विदेशमा अनुभव लिएका कुकबाट परिकार तयार पारिने हुने स्वादिष्ट र स्वस्थकर हुने संचालक मदन श्रेष्ठ बताउँछन् । क्याफेँमा पारिवारिक वातावरण छ । पार्किङको समेच उचित व्यवस्था छ ।

आफैँ लगानीकर्ता र आफैँ कर्मचारी भएकाले सेवा उत्कृष्ट हुने उनले बताए । क्याफेमा भेटघाट, सेमिनार, बर्थडे पार्टी लगायतका कार्यक्रम समेत गर्न सकिनेछ ।

रामेछापका मदन श्रेष्ठ, सिन्धुलीका हरि श्रेष्ठ र गोरखाका विकास दुवाडीसहित १५ जना मिलेर क्याफे संचालनमा ल्याएका हुन् । साउन १० गतेसम्म क्याफेमा विशेष छुटको समेत व्यवस्था गरिएको छ ।

1350 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank