विश्वमा आज : न्युयोर्कको ‘वर्ल्ड ट्रेड सेन्टर’ र ‘पेन्टागन’ माथिको त्यो आक्रमण ।

बुधबार, भदौ २५, २०७६



एजेन्सी  । आज  ‘सेप्टेम्बर ११’ । अमेरिकी सर्वोच्चतामाथि अतिवादको आक्रमणको आज १८ औं वर्षगाँठ । न्युयोर्कको ‘वर्ल्ड ट्रेड सेन्टर’ लगातय अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’ माथि भएको त्यो आक्रमण । दुईहजार ९९६ जना मानिसको मृत्यु अनि ६ हजार भन्दा बढी मानिस घाइते ।

सेप्टेम्बर ११, २००१ का दिन आतंकवादी संगठन अल-काइदाले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेको थियो। तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित ‘वल्र्ड ट्रेड सेन्टर’मा आक्रमण गरेको थियो।  ती एयरलाइन्स युनाइटेड एयरलाइन्स र अमेरिकन एयरलाइन्सका  थिए । ती विमान अपहरण गरेर वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएका थिए । सो आक्रमणमा ११० तले दुवै टावर ढलेका थिए ।

यस्तै, एउटा विमानले ‘अमेरिकी रक्षा मन्त्रालय, पेन्टागन’मा आक्रमण गर्ने योजना  बनाएको थियो। तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो। त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो।

सम्बन्धित छवि

१० बिलियन डलर बराबरको भौतिक सम्पति नष्ट भएको थियो । सोही दिनको घटनाको असरले गर्दा अझै थुप्रै मानिसहरु क्यान्सर जस्ता रोगबाट मृत्युको अवस्थामा पुगेका छन् ।

वल्र्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो। इश्लामिक आतंकवादी संगठन अल-कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट दुई हजार ९९६ जना मानिसको मृत्यु भएको थियो।

करिब एक दशकपछि युद्ध विरोधी छवि बनाएका तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए।
 १८ वर्षअघि अर्थात्  ११ सेप्टेम्बर २००१ का दिन भएको सो आक्रमणले गर्दा लिइएको आतंकवादविरुद्धको विश्वव्यापी लडाईंको अमेरिकी नीतिले विश्वभरी नै प्रभाव परेको छ । आजैको दिन भएको सो आतंकवादी हमला भएपश्चात अमेरिकाले तत्कालै अफगानिस्तानमा युद्ध शुरु गरेर कट्टरपन्थी समूह तालिवानलाई सत्ताबाट हटाएको थियो ।
त्यतिबेला अमेरिकाले लिएका नीतिका कारण विश्वभरीका साना ठूला विद्रोही समूहहरु समेत आतंकित भएका थिए । अहिले १८ वर्षपछि पनि उनै तालिवानसँग अमेरिका वार्ता गरिरहेको छ । सम्झौताको नजिक पुगेकोमा अमेरिकी राष्ट्रपतिले गएको शनिबार मात्रै वार्ता रद्ध गरिदिएका थिए ।
सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्र्ड ट्रेड सेन्टरबाट करिब ६.५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा थिए। उनले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गरेका थिए। ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्रहरु गुमाएको बताउँदै आएका छन्।
सन् २०१७ मा ट्रम्प प्रशासनले आफ्नो राष्ट्रिय सुरक्षा योजना जारी गरेको थियो । त्यसमा अमेरिकी विदेश नीति आतंकवादको विरुद्ध विश्वव्यापी लडाईंबाट हटेर पुरानै नीतिमा फर्केको जनाइएको थियो ।

अमेरिकाले पछिल्लो समयका चार अन्तर्राष्ट्रिय खतरा पनि पहिचान गरेको थियो । तिनमा चीन, रुस, उत्तर कोरिया र इरानलाई खतराको रुपमा उल्लेख गरिएको थियो ।  यी खतरामा केन्द्रित गरेर नै उसले बजेट बिनियोजन गर्न थालेको छ ।

पछिल्लो एक वर्षमा अमेरिकाले सिरिया, इराक र अफगानिस्तानबाट आफ्नो सेना हटाउने प्रयास गरिरहेको छ । अहिले अमेरिकाले सिरियालगायतका क्षेत्रमा इश्लामिक स्टेटको प्रभाव कम भएको ठानेको छ । अमेरिकाले आतंकवादको विरुद्धमा लडिरहेका देशलाई दिइरहेको आर्थिक सहयोग पनि कटौती गरेको छ । उसको बुझाइमा अमेरिकाको आतंकवाद विरोधी लडाइ एक हिसाबले अन्त्यको चरणमा रहेको छ ।

यद्यपि आतंकवादका घटना अहिले पनि विभिन्न रुपमा जारी रहेको पाइएको छ । त्यसैले अमेरिका आतंकवादविरुद्धको लडाइमा सफल नै भएको हो भन्न सक्ने अवस्था भने अझै छैन ।

(बीबीसी तथा अन्य एजेन्सीको सहयोगमा)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata