डाटा दरबारमा विस्फोट, ८ जनाको मृत्यु, २५ घाइते

बुधबार, बैशाख २५, २०७६



लाहोर । लाहोरको पवित्र धार्मिक स्थान डाटा दरबार नजिकै बम विस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । बुधबार डाटा दरबारको २ नम्बर गेट नजिकै पुलिसको गाडीलाई निशाना बनाएर उक्त विस्फोट गरिएको बताइएको छ ।

नजिकैका गाडीहरुको सिसा र बिल्डिङहरुमा क्षति पुगेको छ । उक्त विस्फोटलाई आत्मघाती विस्फोट मानिएको छ ।बिहानको ८:४५ बजे सो घटना घटेको हो । जतिबेला प्रहरी दरबार नजिकैको घडी वरपर सुरक्षामा तैनाथ थियो ।

पंजाब इन्स्पेक्टर जनरल अफ पुलिस अरिफ नवाज भन्छन्,”यसमा कुनै शंका छैन कि यो पुलिसलाई निशाना बनाएर गरिएको बिस्फोट हो ।”

डीआईजी लाहौर अशफाक अहमद खानले उक्त विस्फोटमा तीन एलेन फोर्स अधिकारिहरुलाई शहीद घोषणा गरेका छन् । एक नागरिक र एक सुरक्षा गार्डले पनि आक्रमणमा आफ्नो जीवन गुमाएका थिए ।

८ जनाको अवस्था निकै गम्भीर रहेको छ । उनीहरुलाई उपचारको लागि  मायो हस्पिटलमा लागिएको छ ।

प्रधानमन्त्री इमरान खानले  विस्फोटमा ज्यान गुमाउनेहरु प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments