बस दुर्घटनामा आठको मृत्यु, ३० घाइते

शुक्रबार, चैत्र १५, २०७५



न्यु दिल्ली, यमुना राजमार्ग अन्तर्गत नोइदा क्षेत्रमा आज(शुक्रबार) बिहान करिब ५ बजे  दुई तले बस र ट्रक ठोक्किदा आठ जनाको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएका छन् ।

आग्राबाट आउँदै गरेको बस ब्रेक फेल भई सोहि दिशाबाट आइरह्केओ ट्रकसँग ठोक्किन पुग्दा उक्त दुर्घटना भएको हो ।

घाइतेहरुको अस्पतालमा उपचार भईरहेको एवं मृतकहरुको लास पोस्टमार्टमका लागि  पठाइएको स्थानीय प्रहरी कार्यालयले जनाएको छ ।

बाकी जानकारी आउन बाकी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata