सय पटक भन्दा बढी बालिका बलात्कारको आरोपमा ७१ वर्षीय फाउन्टेन पक्राउ

बुधबार, बैशाख ४, २०७६



लुइसियाना । अमेरिकाको लुइसियानाका ७१ वर्षीय एक व्यक्ती १ सय पटकभन्दा बढी बालिकामाथि बलात्कार तथा यौन शोषण गरेको आरोपमा पक्राउ परेका छन् ।

कयौँ दशकअघि गरेको कुकृत्यबारे एक पीडितले उजुरी दिएपछि अप्रिल ९ मा पाइनभिल्लेका हार्भे जेसेफ फाउन्टेन पक्राउ परेका हुन् ।

प्रहरी अधिकारी स्टेफेन फिलिप्सका अनुसार सबै घटनाहरु सन् १९७० र १९८० को बीचमा घटेका थिए । बलात्कृत बालिकाहरु सबै  १३ वर्षमूनिका थिए । फिलिप्सले पीडित बालिकाको संख्या अहिले नै खुलासा गर्न नमिल्ने बताउँदै यसबारे थप अनुसन्धान भइरहेको बताए ।

सबै घटनाहरु फाउन्टेन बस्ने पाइनभिले क्षेत्रमा भएको प्रहरीको भनाई छ । जमानत रकम १० लाख अमेरिकी डलर राखेर फाउन्टेनलाई हिरासतमा राखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank