एक ६ वर्षीय बालक जसले ३२७० पटक पुस-अप गरे !

शुक्रबार, असार २७, २०७६



एजेन्सी । कसरतले शारीरिक स्वस्थता मात्रै होइन मानसिक स्वस्थता पनि कायम राख्छ । शारीरिक कसरत मध्येकै एक हो- पुस-अप   ।

रुसको एक बच्चा पुस-अप  गरेकै कारण सामाजिक सञ्जालमा चर्चाको शिखर चुमीरहेका छन् । त्यतिमा मात्र उनको चर्चा सेलाउदैन, एक ६ वर्षीय बालकले दुई घन्टाको समय भित्र ३,२७० पटक पुस-अप  गरे बापत एक आलिशान घर पनि जितेका छन् ।

रुसको नोवी रेदान्तमा बसोबास गर्दै आएका इब्राहिम ल्यानोवले दुनियाँभरका फिटनेशप्रेमीहरुको ध्यान आफू तिर खिचेका छन् । उनको फिटनेशप्रतिको लगाव देखेर एक स्थानीय फिटनेश क्लबले उनलाई आलिसान घर उपहारस्वरूप दिएको हो ।

टाइम्स अफ नाउको अनुसार,  इब्राहिमको यस साहसिक कदमको उच्च समान गर्दै रसिया सरकारले उनको नाम रसीया बुक अफ रेकर्डमा दर्जा गरिदिएको छ ।

भिडियोमा हेर्नुहोस्,

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata