शिकागो स्ट्रिट पार्टीमा अन्धाधुन्ध गोली प्रहार

सोमवार, साउन २७, २०७६



एजेन्सी । अमेरिकाको तेस्रो ठूलो शहर सिकागो सिटिको उत्तरी खण्डमा अवस्थित एक स्ट्रिट पार्टीमा जमघट १०० मानिसहरुको बीचमा अन्धाधुन्ध गोली प्रहार गरिएको छ । समाचार एजेन्सी सिन्हुआले जनाएअनुसार गोली प्रहारबाट ६ जना व्यक्ति सख्त घाइते भएका छन् । घाइते सम्पूर्णलाई माउन्ट सिनाइ  अस्पतालमा उपचारको लागि लगिएको छ ।

घटनास्थलमा उपस्थित व्यक्तिले बताएअनुसार पार्टीमा एकाएक झगडा हुन् पुग्यो । “तत्पश्चात कुनै एक व्यक्तिले अन्धाधुन्ध फायरिङ शुरु गरिहाले ! प्रहरी अधिकृतहरु घटनास्थल आइपुग्दा रातको २:४७ बजीसकेको थियो ।” प्रहरीका अनुसार एक २५ वर्षीय पुरुष सहित २७ देखि ३८ वर्षिया पाँच महिलाहरु गोलीबारीको कारण सख्त घाइते हुन पुगेका छन् ।

पछिल्लो हप्ता क्यालीफोर्नियमा पनि  यसप्रकारको घटना सामुन्ने आएको थियो । साथै अमेरिकामा पटकपटक हुने यस्ता घटनालाई रोक्न अमेरिकी प्रशासन करिब असफल रहँदै आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata