वन तथा पर्यटन मन्त्रालयलाई सुझाव दिन ५ सदस्य संसदीय कार्यदल गठन, संयोजकमा श्रेष्ठ

आइतवार, मंसिर २२, २०७६



काठमाडौं । प्रदेश नं ३ को प्रदेश उद्योग, वन तथा पर्यटन मन्त्रालयलाई सुझाव दिन ५ सदस्यीय संसदीय कार्यदल गठन गरिएको छ । प्रदेश सभाको उद्योग, वन तथा वातावरण समितिका सभापति रमा आले मगरका अनुसार प्रदेश सरकारले ल्याइरहेको वातावरण विधेयकमा महत्वपूर्ण सुझाव दिन कार्यदल गठन गरिएको हो । कार्यदलको संयोजकमा सांसद विराजभक्त श्रेष्ठ लाई चुनिएका छन।

सुझाव कार्यदल सदस्यहरुमा सांसदहरु निमा लामा, पार्वति सिलवाल, प्रतिमा श्रेष्ठ र मणि राम फुयाल छन् । अब आउने अधिवेशनमा सदनमा वातावरण विधेयक पेश भइरहेको सन्दर्भमा विधेयक जनमुखी र दीगो बनाउन यसरी सुझाव संकलन गर्न लागिएको हो । प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समिति अन्तर्गत रहेर कामकारवाही गर्ने अख्तियारी पाएको कार्यदलले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रायललाई सरोकारवाला र विज्ञसँग छलफल गरी अध्ययन प्रतिवेदन बुझाउने कार्यदलका संयोजक बिराजभक्त श्रेष्ठले बताएका छन् ।

२१औँ सताब्दीको पूर्वाधार अर्थात औद्योगिक विकाश भनेको वातावरणीय पक्षलाई नसमेटी अपुरो हुन्छ । पर्यटनको विकाश तथा वन तथा वातावरणबीना कल्पना पनि गर्न सकिदैन । यसकारण प्रदेश सरकारलाई मार्गदर्शन गर्ने वातावरण विधेयकमा समेट्नैपर्ने पक्षहरु संकलन गरी पेश गर्छौँ । कार्यदलका संयोजक सांसद बिराजभक्त श्रेष्ठले जानकारी दिए ।

प्रदेश भित्रको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्नको लागि बनेको विधेयक, २०७६ अहिले प्रदेश सभामा टेबुल हुने तयारीमा छ । उक्त विधेयकमा सुझाव संकलनका लागि आमनागरिकहरुसँग छलफल कार्यक्रम समेत राखिने कार्यदलका संयोजक श्रेष्ठको तयारी छ । कार्यदललाई समितिबाट अनुमोदन गर्ने बित्तिकैदेखि औपचारिक रुपमा तयारी थालेपनि कार्यदलले अनौपचारिक रुपमा संवाद र तयारी थालेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments