५४ वटा खसी बरामद

आइतवार, माघ ५, २०७६



कपिलवस्तु ।  बिजयनगर गाउँपालिका-५ नौरङ्गियाबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको ५४ वटा खसी शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीलाई देखेर ल्याउँदै गरेको उक्त खसीहरू छोडी मानिस फरार भएपछि ती खसीहरू नियन्त्रणमा लिइएको उक्त प्रहरी कार्यालयले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments