सेवानिवृत्त उच्च अधिकारीका घरमा सुरक्षाकर्मी

सोमवार, साउन २७, २०७६



नेपाल प्रहरीका सेवानिवृत्त उच्च अधिकारीका घरमा सुरक्षाकर्मी राखेको विषयमा गृह मन्त्रालयले आवश्यक छानबिन शुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले आन्तरिक निर्देशिका बनाएर धमाधम पूर्व उच्च प्रहरी अधिकारीलाई सुरक्षाकर्मी दिनु कानुनविपरीत रहेको ठम्याइ गृहको छ।

गृहसचिव प्रेमकुमार राईले पूर्वउच्च अधिकारीका घरमा सुरक्षाकर्मी दिएको विषयमा आईजीसँग सोधपुछ गरेको र तत्काल उनीहरूलाई फिर्ता बोलाएर नियमित काममा खटाउन निर्देशन दिएको बताए।

‘निवृत्तपछि पनि यतिका सुरक्षाकर्मी प्रयोग गरिरहेको विषयमा मलाई रिपोर्टिङ थिएन’, उनले भने, ‘यो विषयमा मन्त्रालयले पहिल्यै प्रहरी मुख्यालयलाई अलर्ट गरेकै हो। थप छानबिन हुन्छ। कोठाभित्र आफैंले नियम बनाएर सुरक्षाकर्मी परिचालन गर्न कसैले पाउँदैन। त्यो कानुनविपरीत हो। ’

उनले पुलिस कोअर्डिनेसन मिटिङ (पीसीसी) बैठकको निर्णयले कानुनी वैधता नपाउने बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata