२५०० वर्ष पुरानो चिनियाँ चिहानहरुमा गाँजा भेटियो !

सोमवार, असार २, २०७६



एजेन्सी । गाँजा लागूपदार्थ मात्रै होइन । गाँजा औषधि पनि हो । विश्व स्वास्थ्य संगठनका अनुसार गाँजा वा भाङ(पोथी वा भाले प्रजाति)मा औषधीय गुण हुन्छ । विश्वको करिब २.५ प्रतिशत जनसंख्याले गाँजा वा भाङ खान्छन् र यसको प्रयोगकर्ता बढ्ने क्रम जारी छ । यद्दपी प्राचिन समयमा पनि यसको प्रयोग निकै थियो भन्ने कुरा पुन: एकफेर प्रमाणित भएको छ ।

गाँजाको प्रयोग २५ सय वर्षअघि नै चीनमा शुरु भएको एक अनुसन्धानले पुष्टि गरेको छ । खोजकर्ताहरुले चीनका प्राचिन समयका चिहानहरुमा गाँजा भेटाएका छन् । पूर्वी चीनका अनुमानित २५ सय वर्ष अगाडीका चिहानहरुमा त्यतिबेलाको परम्परा र धार्मिक गतिविधिका लागि गाँजाको प्रयोग गरिने गरेको शोधकर्ताले अनुमान गरेका छन् ।

The tomb in western China.

साइन्स एड्भान्सेस मा प्रकाशित ‘द अथर अफ् दि स्टडी’ अनुसार दाहसंस्कारको समयमा मृत आत्मालाई स्वर्गको बासको कामना लगायतका पारम्परिक गतिविधिजन्य विश्वासमा गाँजा प्रयोग हुने गर्दथ्यो ।

विभिन्न पुरिएका डण्डी, ढुंगाहरु जलेको अवस्थामा भेटिएको पदार्थलाई रासायनिक प्रक्रिया अपनाई अनुसन्धान गर्दा गाँजाको रासायनिक गुण सँग मिल्न पुगेको हो । अनुसन्धानको क्रममा जलेको वस्तुहरुमा साइकोएक्टिभ कम्पाउण्ड ‘टेट्राहाइड्रोकार्बनबिनोल (टीएचसी)’ पाइएको जनाइएको छ । तर भेटिएको गाँजामा टीएचसीको मात्रा निम्नस्तरमा पाइएको छ ।

The brazier and burnt stones.

पूर्वी एसियामा गाँजाको बिरुवाको खेती कमसेकम ४ हजार इसापूर्वमा त्यसको तेलीय बीज र फाइबरको लागि शुरु भएको वनस्पति विदहरु बताउँछन् । गाजाको असरले छोटो समयका लागि हाम्रो दिमाग हाइपर एक्टिभ हुन्छ । सोचविचार गर्ने हाम्रो क्षमता घट्छ ।

वैज्ञानिकहरुका अनुसार तत्कालीन मानिसहरुको गाँजाको बिरुवामा भएको अफिमलाई अंगेनामा जलाएर त्यसको प्रयोग गरेको पाइएको छ । उचाइ भएको वातावरणमा गाँजाको बिरुवामा टीएचसी बढी हुने अध्ययनले देखाएको छ । उच्च स्थानमा तापमान र पोषक तत्व कम हुन्छ । यससँगै के अनुमान गरिएको छ भने मानिसहरुले जानीबुझी अन्य जंगली बिरुवाको सट्टा अधिक टीएचसी भएको बिरुवाको खेती शुरु गरेका हुन् । यस खुलासासँगै यो प्रष्ट भएको छ कि गाँजाको बिरुवा त्यतिबेला नशाको लागि नै प्रयोग गर्ने गरिएको थियो ।

वैज्ञानिकहरुले गाँजाको ज्वलन पदार्थमा मौजुद मिश्रणको जाँच गर्नको लागि क्रोमेटोग्राफी मास स्पेक्ट्रमेट्री नामको एक विधि अपनाइएको छ । त्यो जाँचमा जुन परिणाम आयो, त्यसबाट प्रष्ट भयो कि ज्वलन पदार्थ गाँजाको बिरुवाकै हो ।

An excavation of a tomb in China has revealed the earliest clear evidence of humans using cannabis for its psychoactive properties.

चीनको शिन जियांग क्षेत्र वा रुसको अल्टाई पहाडमा पनि गाँजा भेटेको बताइएको छ । जर्मनीको जेनामा रहेको म्याक्स प्लेंक इन्स्टिच्युट फर द साइन्स अफ हुमन हिस्ट्रीका निर्देशक निकोल बोइविनले भने, ‘‘खोजले यो कुरालाई प्रमाणित गरेको छ कि सबैभन्दा पहिला गाँजाको उपयोग पूर्वी मध्य एशियाको पहाडी क्षेत्रमा गरिएको थियो । यसपछि यो विश्वभरी फैलिएको हो ।’’
(सिएनएन)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata