पाँच वर्षे बालकले स्कूलमा लगे कोकिन, स्पाइडर म्यान भएजस्तो महसुस गराउने दावी

मङ्लबार, मंसिर ३, २०७६



एजेन्सी । अमेरिकाको म्यासाचुसेट्समा रहेको लरेन्स एलिमेन्ट्री स्कूलमा घटेको एक घटनालाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेखित स्थान दिएका छन् । किन्डरगार्टेनमा पढ्ने एक पाँच वर्षीय बालकले स्कुलमा कोकिन लगेको र यसले आफूलाई स्पाइडर म्यान भएजस्तो महसुस गराउने बताएपछि  बालकका बुवालाई पुलिसले पक्राउ गरेको लेफ्टिनेन्ट जिम अल्बर्टले बतेअका छन् ।

कोकिनको उक्त सानो प्याकेटमा स्पाइडर म्यानको चित्र पनि टाँसिएको थियो । ती शिक्षकले यसबारे स्कूलका प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि उनले तत्काल प्रहरी बोलाएका थिए । अल्बर्टले भने, ‘ती बालकले कोकिन देखाउँदै मुखमा त्यो हाल्नेबित्तिकै आफूलाई स्पाइडर म्यान भएको महसुस गराउने बताएका थिए ।’

पुलिसले एम्बुलेन्स बोलाएर बालकलाई अस्पताल पुर्‍याएको छ । यद्यपि, उक्त लागुऔषधको प्याकेट फुटाइएको थिएन । त्यसपछि पुलिस ती बालकको घरमा जाँदा उनका बुवा बेनी ग्रासियालाई सुतिरहेको अवस्थामा भेटे । उनीसँग कोकिनका ३८ ब्याग र हिरोइनका ७० वटा ब्याग पनि भेटिएको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata