भारतमा माओवादी विद्रोहीले एम्बुस थापेर पाँच प्रहरी जवानको ज्यान लिए

शनिबार, जेष्ठ ३२, २०७६



बीबीसी । भारतको झारखण्ड राज्यमा पर्ने सरायकेला खरसांवा जिल्लामा शुक्रबार साँझ सशस्त्र माओवादी विद्रोहीले प्रहरी सवार गाडीमा आक्रमण गरेका छन् । आक्रमणबाट पाँच प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दुई असई र तीन कन्स्टेबल छन् ।

प्रहरीका अनुसार घटना पश्चिम बंगालसँग जोडिएको तिरुलडी थाना क्षेत्रमा भएको हो । आक्रमणमा परेका प्रहरी सवार गाडी झारखण्डका कुकडूमा लाग्ने साप्ताहिक हाट बजारबाट फर्किरहेको थियो । साथै माओवादी विद्रोहीले गस्तीमा निक्लिएका प्रहरी जवानहरुको हातहतियार पनि लुटेका छन् ।

प्रहरी सवार गाडीलाई बाटोमा पहिलेदेखि नै ढुकेर बसेका माओवादी छापामार समुहले आक्रमण गरेको हो । झारखण्ड प्रहरी प्रवक्ता र एडीजीएमएल मीणाले यस घटनाको पुष्टि गरेका छन् । ‘आक्रमणमा पाँच प्रहरीको घटनास्थलमै मृत्यु भयो । आक्रमण पछिल्लो एक महिनामा माओवादीहरुको चौथो आक्रमण हो ।’, उनले बताएका छन् ।

यस अघि मे २८ मासरायकेला खरसांवा जिल्लाको कुचाईमा माओवादी विद्राहीले बारुदी धराप विस्फोट गराएका थिए । त्यस घटनामा झारखण्ड प्रहरी र सीआरपीएफका २६ जवान घाइते भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank