६ महिनासम्म सुदूरपश्चिम प्रदेशमा ५ प्रतिशत मात्रै बजेट खर्च

शनिबार, माघ ५, २०७५

-  पदम राज भट्ट



धनगढी ।  सुदुरपश्चिम प्रदेश सरकारले चालु आर्थिक बर्षका ६ महिना वितिसक्दा समेत बजेट खर्च गर्न सकेको छैन्। आर्थिक बर्षको आधा अवधि बितिसक्दा पनि प्रदेश सरकारको कुल बजेटको ५ प्रतिशत मात्रै बजेट खर्च भएको छ।

त्यसमा अझ विकास बजेट खर्चको अवस्था निकै नाजुक रहेको छ । प्रदेश सरकारको विकास बजेट एक दशमलव ३ प्रतिशत मात्रै खर्च भएको जनाएको छ।

प्रदेश सरकारले २५ अर्ब ६ करोडको बजेट विनियोजन गरेकोमा हालसम्म एक अर्ब २० करोड अर्थात कुल बजेटको ४ दशमलव ८ प्रतिशत मात्रै खर्च भएको हो।

चालुतर्फ १३ अर्ब ३५ करोड रहेकोमा एक अर्व चार करोड अर्थात चालु तर्फको बजेटको ७ दशमलव ८ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ ११ अर्ब ७१ करोड रहेकोमा त्यसको १५ करोड ७८ लाख अर्थात पुँजीगत बजेटको एक दशमलव ३ प्रतिशत मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख शिव प्रसाद चौधरीले जानकारी दिए।

बजेट कार्यान्वयन गर्न कार्यालय तथा कर्मचारीको अभाव र व्यवस्थापनमै अल्झिदा बजेट खर्च नभएको प्रदेश सरकारले जनाएको छ। कार्यालय स्थापनामा ढिलाइ र दरबन्दी अनुसार कर्मचारी पूर्ति नहुदा पनि बजेट कार्यान्यमा थप जटिलता उत्पन्न भएको हो।

कर्मचारी समायोजन भई प्रदेशमा आएपछि बजेट खर्चले गति लिने आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा दावी गर्छन।
प्रदेश सरकार आफैले स्वयमसेवक कर्मचारी भर्ना खोलेकोले पनि प्रदेशमा स्वयमसेवक र्मचारी भर्ना गरेर परिचालन गरेपछि बजेट खर्चमा थप सहजता आउने बोहराले बताए।

चालुतर्फ ठुलो विकास खर्च हुँदा पनि विकास बजेट खर्च हुन नसकिरहेको अवस्थामा बजेछ खर्चका लागि प्रदेश सरकारको ध्यान जान सकेको छैन।

कर्मचारी अभाव, नितिगत समस्या लगायतका कारण आर्थिक बर्षको ६ महिनामा केही काम हुन नसक्दा ठुलो विकास बजेट फ्रिज जाने सम्भावना बढेको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments