अनाथालयमा भीषण आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

शनिबार, फाल्गुन ३, २०७६



एजेन्सी ।  हैटीस्थित राजधानी बाहिरको एक क्षेत्रमा रहेको हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । आगलागीको कारण भने खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन सक्ने बताइएको छ ।

जीवित रहेका बालबालिकाहरुलाई सहयोग गर्ने तथा उनीहरुका लागि वसोवासको व्यवस्था गर्ने प्रक्रिया जारी रहेको स्थानीय अधिकारीले बताएका छन् । आगलागी भएका बेला सो अनाथालयमा ६० जना बालबालिका थिए ।

अमेरिकाको पेन्सिलभेनियाको चर्चले सो अनाथालय सञ्चालन गर्दै आएको थियो । राजधानी पोर्ट–ओ–प्रिन्सबाट दक्षिणमा रहेको अनाथालयमा बिहीबार बेलुका आगलागी भएको हो ।

जेनेरेटर बिग्रिएपछि उज्यालोका लागि मैनबत्ति बालिएको थियो । त्यसैबाट आगलागी शुरु भएको अनाथालयका अधिकारीले बताएका छन् । दुईजनाको घटनास्थलमै तथा निसास्सिएका १३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments