भाजपाको कार्यलयमा मिठाई र पकवान तयार, कार्यकर्ताहरु हवन गर्दै

बिहिबार, जेष्ठ ९, २०७६



एजेन्सी । आज (बिहिबार) विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको भावि सरकार कसको हुने  तय हुँदैछ  । भारतका ९० करोड मतदातामध्य ६० करोडभन्दा बढीले चुनावमा सहभागीता जनाएका थिए । तिनले हालेको मत भोटिङ मेसिनमा सुरक्षित रहेकोमा आज परिणाम सार्वजनिक हुनेछ ।

भारतीय जनता पार्टीको कार्यलयमा  नतिजा अघि नै मिठाई र पकवान तयार पारिएको छ । कार्यकर्ताहरु  हवन  गरिरहेका छन् । नतिजा सार्वजनिक हुन थालेपछि पार्टीका ठूला नेता पनि पार्टी कार्यालय पुग्ने अनुमान गरिएको छ ।

यसपटकको चुनावी अभियान निकै कडा रह्यो । सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा) पहिलो पार्टी बनेको थियो जसले तीन दशकपछि स्पष्ट बहुमत पाएको थियो । यसपटक पुनः बिजेपी सत्ता हाँसिल गर्ने कोसिस गरिरहेको छ ।नयाँ दिल्ली लोकसभा सिटका कांग्रेस उम्मेद्वार अजय माकनले भोटको गन्ती शुरु हुनु अघि नै कांग्रेसको जीतको दाबी गरेका छन् । उनले ट्वीट गरेर भने, ‘चुनाव नतिजा निश्चित रुपमा कांग्रेसको पक्षमा हुनेछ । हामीलाई आशा छ कि कांग्रेसकै जित हुनेछ र यसैले सरकार बनाउनेछ । राहुल गान्धी प्रधानमन्त्री हुनेछन् । दिल्लीमा लडाईं कांग्रेस र भाजपाबीच छ ।’

ANI

@ANI

Ajay Maken, Congress candidate from New Delhi LS seat, contesting against BJP MP Meenakashi Lekhi: The results will be definitely in favour of Congress. We’re expecting that Congress will win &form govt. Rahul Gandhi will be the PM. The fight in Delhi is between BJP and Congress.

110 people are talking about this
(बीबीसी संवाददाता नितिन श्रीवास्तव भाजपाको कार्यालयबाट)

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank