जेट एयरवेजका वरिष्ठ प्राविधिकले गरे आत्महत्या, अन्य कर्मचारीको विरोध जारी

आइतवार, बैशाख १५, २०७६



काठमाडौं । वित्तिय संकटका कारण अस्थायी रुपमा बन्द भएको भारतीय एयरलाइन्स जेट एयरवेजका एक वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या चौथो तल्लाबाट हाम फालेर आत्महत्या  गरेका छन् । पुलिसका अनुसार ५३ वर्षका शैलेष कुमार सिंह पछिल्लो तीन वर्षदेखि पेटको क्यान्सरसँग जुधिरहेका थिए ।

पछिल्लो चार महिनामा उनको स्थिती थप खराब भएको थियो । पुलिसका अनुसार सिंहले यसै वर्ष मार्चदेखि तलब पाउन छोडेका थिए । उनी अस्पतालमा भर्ना थिए । उनलाई शुक्रबार घर ल्याइएको थियो । उनले त्यसै दिन दिउँसो आत्महत्या गरेका हुन्  ।

शैलेष सिंहका जेठा छोरा पनि जेट एयरवेजमा नै काम गर्छन् । उनले पनि तलब पाएका छैनन् । जेट एयरवेजका थुप्रै कर्मचारीले आर्थिक संकटका कारण समस्या झेलिरहेको बताएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata