अदभुत पूर्वाधारमा चीनको फड्को

शुक्रबार, पुस २०, २०७५



बेजिङ । चीनको ताइ युआन शहरमा बनाइएको अदभुत पुल देख्नेहरु आश्चर्य चकित नभई रहन सक्दैनन् । हाईवेमा तीन तले पुल देख्ना साथ जिब्रो निकाल्न बाध्य पार्ने अदभुत पूर्वाधार चीनको नीम्ती सामान्य बन्दैछ ।

चीनको उत्तर पश्चिम क्षेत्रमा रहेको शाक्सी प्रान्तमा बनाइएको तीन तले पुलको उचाई ३ सय ५० मिटर रहेको छ । तियानलोंग पहाडमा बनाइएको उक्त पुलमा करिब ७ हजार टन स्टीलको प्रयोग गरिएको छ ।

हाईवेमा प्रवेश गरेसँगै ३० किलोमिटर पार गर्नु पर्ने उक्त मार्गमा जमिन सतहबाट १३ सय ७० मिटर माथि तियानलोंग पहाडमा ३ तले पुलको निर्माण इन्जिनियरिङको निम्ती विकासको नयाँ आयाम मानिएको छ ।

china

निर्माण चरण भर्खरै सकिएको उक्त पुल परिक्षणको चरणमा रहेको जनाइएको छ । सर्वसाधरण जनताले अत्यन्त उत्सुकता पूर्वक हेर्न चाहेको अदभुत निर्माण खुल्ला गरेसँगै चीनको आकर्षक स्थान मध्येमा पर्ने आंकलन गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata