४० बर्षपछि इथियोपियाको विमान मोगादिशुमा

आइतवार, कार्तिक २५, २०७५



सोमालिया । सन् १९७० पछि बढेको राजनैतिक तनाबको कारण इथियोपिया र सोमालियाबीच हवाई सम्पर्क विच्छेद भएको थियो । इथियोपियाई विमानले सोमालिया सँग कुनै पनि विमान उडान नभर्ने भन्दै करिब ४० बर्ष वितायो । बर्तमानमा घट्दै गएको राजनैतिक तनाबपछि ईथियोपियाई विमानले ४० बर्षपछि सोमालियाको राजधानी मोगादिशुमा उडान भरेको हो ।

गत ९ नोभेम्बरमा ए टि ३७७ इथियोपीयाई विमान एडेन अब्दुल अन्तराष्ट्रिय विमानस्थलमा अबतरण गरेको जनाइएको छ । विगत लामो समय देखी सोमालियासँग अन्तराष्ट्रिय उडान भर्ने एयरलाइन्समा टर्की एयरलाइन्स मात्र रहेको थियो ।

हालको बर्षमा सोमालियाको आर्थिक तथा राजनैतिक प्रगतीसँगै मोगादिशु जान इच्छुक विमानको संख्या बढ्न थालेको सोमालिया सरकारले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata