४० तोला सुन सहित विमानस्थलकै कर्मचारी समातिए पछि….

शुक्रबार, बैशाख २२, २०७४



काठमाडौं । ३३ किलो सुन काण्ड पछि फेरी ४० तोला सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक उपसचिव सहित दुई जना पक्राउ परेका छन् । उपसचिव किशोर कुमार खत्री सहित २ जना ४६६ ग्राम अर्थात ४० तोला सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।

खत्रीसँगैकतार एयरको विमानमार्फत दोहाबाट काठमाडौं आएका मनिष रिमाल पक्राउ परेका छन् । खत्री नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारी हुन् । तस्कर रिमालले ल्याएको सुन खत्रीले विमानस्थलकै अध्यागमन बेल्टमानै रिसिभ गरेका थिए ।

भन्सारका कर्मचारीले नै त्यो देखेपछि उनीमाथि सुराकी गरिएको थियो । आशंकाका आधारमा पछ्याउँदा एराइभल एक्सरे मेसिनमा उनी समातिएका प्रहरीले जनाएको छ ।

विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुममा काम गर्ने उनी आठौं तहका कर्मचारी हुन् । भन्सारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

867 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank