नेपालले सिंगापुरलाई दियो २ सय ८३ को लक्ष्य

शुक्रबार, चैत्र २९, २०७५



काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट प्रतियोगितामा सिंगापुरविरुद्ध पहिले ब्याटिङ गर्दै नेपालले ३ विकेटको क्षतीमा २ सय ८२ रनको विशाल स्कोर खडा गरेको छ ।

नेपालले आफ्नो पूरा ओभर ब्याटिङ गर्न भने सकेन । ३ सय रन कटाउन सक्ने अवस्था देखिएता पनि नेपाल ४६ ओभरमा अलआउट भएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रनको योगदान दिए ।

रोहितले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरे । उनी ४६ औं ओभरको पहिलो बलमा अथर्व गुनेको बलमा भेनुगोपालको हातबाट क्याचआउट भएका हुन् ।

रोहित आउट भएकै ओभरमा नेपालले थप २ विकेट गुमाउँदै अलआउट भएको हो । कमलसिंह ऐरी १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दै कट बिहाईन्ड भए । सूर्य तामाङ पहिलो बलमै विकेट किपरको हातबाट समातिए ।

ओपनर पवन सरार्फ अर्धशतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गुनेले सुदर्शनबाट क्याच गरेका हुन्  ।

भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । कुशल मल्ल ७ बलमा समान १ छक्का र चौका प्रहार गर्दै १० रनमा पेभिलिएन फर्के । सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २-२ तथा सिंघवीले १ विकेट लिए ।

कप्तान रोहितकुमार पौडेल चुक्दा:-

कप्तान रोहितकुमार पौडेल सतक बनाउन चुके पनि नेपाललाई बलियो स्कोरमा पुर्‍याएका थिए । एक सय ५ बलको सामना गरेका उनले सात चौका र एक छक्का प्रहार गरे उनी पाँच रनले शतक बनाउन चुके ।

पौडेललाई पवन सर्राफ, भिम सार्की, रासिद खान र कमल सिंह ऐरीले गतिलो साथ दिए । रासिद खानले ४७ बलमा ४८ रन बनाउँदा रन आउट भए । नवौं नम्बरमा आएका ऐरीले १८ बलमै ३१ रनको विष्फोटक पारी खेलेका थिए ।

सिंगापुरका लागि अथर्व गुनेले सर्वाधिक चार विकेट लिएका छन् । यसैगरी राउल शर्माले २, विनित मेहताले २ र प्रमेश सांघवीले एक विकेट लिए । नेपालले एक विकेट रन आउटका रुपमा गुमाएको थियो ।

सिंगापुर ब्याटिङ गर्दै:

साइ भेनुगोपाल र अर्नभ चाभ्रिया हाल मैदानमा सिंगापुरका लागि उत्रिएका छन् । कमलसिंह ऐरी र सागर ढकाल बलिंग गरिरहेका छन् !  हालसम्म भेनु गोपालले ९  बलमा एक चौका प्रहार गर्दै ५ रन  लिएका छन् भने चाभ्रिया ४ बल खर्चेर शुन्य रनमा सिमित छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank