पहिलो ‘थ्रीडी मानव मुटु’ यस्तो बन्यो !

मङ्लबार, बैशाख ३, २०७६



काठमाडौं  । प्रयोगशालामा मानवीय अंगहरू बनाउने कार्यमा सम्भावित सफलता मिलेको छ । इजरायलका शोधकर्ताहरूले  मांसपेशी र रक्त नलीयुक्त  थ्रीडी(3D) हृदय बनाएका छन् ।

rtx6rq7w

सीबीएस न्युयोर्कको डा. मैक्स गाम्ज को अनुसार केही समय भित्रमा उक्त हृदय पूर्णरुपमा तयार भइसक्ने छ । “यो खोज महत्त्वपूर्ण छ किनभने यसले असम्भव भनिएको कुरालाई सम्भव बनाएको छ,”  वाक फरेस्टका संस्थानको डा. एंथोनी अटलाले बताए ।

3d-printing-human-heart-israel-tel-aviv-university

डा. अटाला उक्त थ्रीडी हृदयका प्रारम्भिक आविष्कारक हुन् । उनका अनुसार सो हृदय बनाउन प्रयोग भएका कोशीकाहरु दाताको बोसोबाट तयार पारिएको हो, जो ‘स्टेम सेल’हरूमा रुपान्तरण भइ हृदयका विभिन्न प्रकारको सेलहरुमा विभाजित हुन्छ । तत्पश्चात ती सेलहरुलाई जीवाणुद्वारा सडाएर एउटा आकार दिइन्छ, अथवा हड्डीको प्रयोग गरि आवश्यक स्वरूपमा ढालीन्छ ।  तब संरचनात्मक रूपमा ती सेलहरु हृदय जस्तो देखिन्छन्  ।rtx6rq7v

यस कार्यको सफलतापश्चात ‘हार्ट अट्र्याक’ र मुटु प्रत्यारोपण सम्बन्धी समस्यामा रोकथाम हुने बताइएको छ । खरायोको हृदयको आकारको सो हृदय मानव मुटु जस्तै भएपनि रक्त संचार(ब्लड पम्प) गर्न भने सकिरहेको छैन ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank