तुफान माइकेल- रेर्कड ब्रेक ‘नरक’ तुफान अमेरिकामा

बिहिबार, अशोज २५, २०७५



अमेरिका । करिब दुई सय किलोमिटर प्रति घण्टाको गतिमा आएको माइकेल तुफानले फ्लोरिडामा ताडण्व मच्याएको छ । तुफानको कारण सडक छेउछाउमा रहेका रुख लड्न पुग्दा थुप्रै मानिसले ज्यान गुमाएका छन् भने,घाईतेको संख्या थपिदै छ । तुफानको कारण फ्लोरिडा, अलवा र जर्जियामा स्थानीयबासीहरु विजुली विना जीवन जीउन बाध्य भएका छन् ।

करिव पाँच लाख मानिस आपतकालिन सेवा पर्खेरे बस्दैछन् । माइकेल तुफान यति शक्तिशाली थियो कि यसको तिव्रतालाई मानिस राक्षससँग तुलना गर्दै थिए । फ्लोरिडा गर्भनर रिक स्कटले अकल्पनीय विनाश निम्ताउने उक्त तुफान करिव सय बर्ष पछि आएको खराब तुफान भएको बताए । अमेरिका, होन्डुरस निकारागुआ र साल्वाडोरमा समेत आएको माइकेल तुफानले क्रमश १३,६,४, र ३ जनाको ज्यान लिइसकेको छ ।

हेर्नुहाेस यस्ताे छ भयावह अाँधी 

258 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank