पद पाएपछि सृजनात्मक काम गर्न नसक्नु अपराध हो भन्छन !

सोमवार, भदौ २५, २०७५

- सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र



मनमा दोछायाँ भरेपछि
अर्काको गति बढेपछि
आफुमा रस नभएपछि
अरूलाइ बुझ्न नसकेपछि
निशेध आज्ञा सुरूहुन्छ

==========

अरूको सच्चाइमा पर्दाहाले सम्म
अलिकति सुन्नेले कुरा सुने सम्म
सुन्ने र सुनाउनेविच पर्दा रहेसम्म
अप्रत्याशित सत्य थाहा नपाएसम्म
निशेध गति जारी नै हुन्छन

==========

कहिलेकाहि सजातिय निशेध हुन्छ
कहिले चाहिँ विजातिय निशेध हुन्छ
उपजातिय निशेधले धुरूकै रूवाउछ
गुटिय निषेधले त क्षमता नै धरापमा पर्छ
यस्तो निशेधले अन्तर घात गर्छ

==========

दोछायाको निशेधले धराप बाहिरीको रौ सक्छ
सुन्ने सुनाउने निशेधले पहिरनको छेउ तास्छ
सजातीय निशेधले आफ्नो मन मात्र फाट्छ
विजातिय निशेधले ठुलै कम्पनको धक्का मार्छ
गुटिय निशेधले त आत्मघात नै गर्छ

==========

त्यसैले
होसियार हुनुहोला
कुरा खेलाउने र मन घुमाउनेहरू
कुरा सुने र सुनाउनेहरू
अनि
मन धमिलो बनाउने
सजातिय, विजातिय
साथै
उपजातिय र गुटिय
वयोमित्रसगँ सधै
डराउनु र होसियार हुनुपर्छ

==========

यस्ता बानी रहेसम्म
नेतृत्व गर्नेले क्षमताको पहिचान गर्न सक्दैन ।
क्षमताको पहिचान नगरि
पद पाउनेले दिल खोलेर काम गर्दैन ।
नेत्तृत्व पाउने कुरा भन्दा
नेतृत्व गरेर देखाउनु महत्वपुर्ण कुरा रहेछ
इमान्दारिता मात्रैले पदीय दाइत्व पूरा हुदैन
पद पाएपछि सृजनात्मक काम गर्न नसक्नु
अपराध हो भन्छन !
ल है !
विचार पुर्याउदा राम्रो हुन्छ

==========

287 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank