स्काभेटरसँग यात्रुवाहक बस ठोक्किदा ३५ जनाको मृत्यु

बिहिबार, अशोज ३०, २०७६



एजेन्सी । साउदी अरबमा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा ३५ जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भीर घाइते भएका छन् । स्काभेटरसँग यात्रुवाहक बस ठोक्किदा सो दुर्घटना भएको प्रहरी प्रवक्ताको भनाई उदृत गर्दै साउदी प्रेस एजेन्सीले जनाएको छ ।

३९ जना यात्रु बोकेको सो बस  मदिनाबाट करिब १७० किलोमिटर टाढा रहेको हिज्रा रोडमा सो दुर्घटना भएको हो । घाइते भएका चार जनालाई उपचारका लागि अल–हम्ना अस्पतालमा भर्ना गरिएको छ ।

मृत्यु हुनेमा एसियाली र अरबी मूलका मानिसहरु रहेको बताइए पनि कुन देशका कति जना परे भन्नेबारेमा खुलिसकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata