३३ जनाले गरे रक्तदान

आइतवार, जेष्ठ ३२, २०७७



भक्तपुर । लकडाउनको समयमा रगतको अभावलाई मध्यनजर गरि लायन्स क्लव अफ भक्तपुर भैरबको आयोजनामा शनिबार भक्तपुर नगरपालिका वडा नं.५ क्वाछेँ टोलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्र भएकाे छ ।

शनिबार क्वाछेँ टोलमा   भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको लायन्स क्लव अफ भक्तपुर भैरबका अध्यक्ष श्रीचरण अमात्यले जानकारी दिए । उनका अनुसार लकडाउनको समय त्यसमा पनि धान रोपाईको समयमा रक्तदान गर्ने दाताहरु कम हुने हुनाले रक्त संचार केन्द्रमा रगतको अभाव नहोस् भनी सक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा रक्तदातालाई एकछिन आराम गराई पौष्टिक खानेकुरा फलफुल, जुसको व्यवस्था गरिएको थियो ।  क्लवले समाजमा हुने हरेक विकृति विसंगती विरूद्द समेत जनचेतनामुलक गतिविधि गर्दै अाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments