कोरोना कहर : ब्राजिलमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

शुक्रबार, जेष्ठ ९, २०७७



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । शुक्रबार मात्रै ब्राजिलमा एक हजार ११८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने तीन लाख १२ हजार नाघेको छ  । अमेरिका र रुस पश्चात कोरोना संक्रमितको संख्यालाई लिएर ब्राजिल तेस्रो नम्बरमा देखिएको वोर्ल्डमिटरले बताएको छ । पछिल्लो छोटो अवधिमा ब्राजिलमा कोरोना संक्रमितको संख्या एकाएक बढेको हो ।

ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले मलेरियाका लागि प्रयोग भइरहेको हाइड्रोक्सिक्लोरोक्‍वाइन कोरोनाविरुद्ध उपचार गर्न सकिने कुनै प्रमाण नभएको स्वीकार गरेका छन् । यसअघि उनले यस औषधिको वकालत गर्दै आएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments