मतगणनाको थकानले इन्डोनेसियामा २७० कर्मचारीको मृत्यु

सोमवार, बैशाख १६, २०७६



एजेन्सी । इन्डोनेसियामा हालै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ। करिब ७० लाख कर्मचारीले १७ अप्रिलमा खसेको भोटको गन्ती र निगरानीमा मद्दत गरिरहेका थिए । हातैले गणना गर्ने क्रममा थकानका कारण उनीहरुको मृत्यु भएको हो। अधिकांश पीडित अस्थायी कर्मचारी हुन्।

२६ करोड जनसंख्या भएको इन्डोनेसियामा पैसा जोगाउन एकैदिन राष्ट्रपति, केन्द्रीय तथा क्षेत्रीय संसदको निर्वाचन भएको थियो। निर्वाचन आयोगका प्रवक्ता एरिफ प्रियो सुसान्तोका अनुसार अन्य एक हजार आठ सय ७८ कर्मचारी बिरामी भएका छन् ।

कर्मचारीलाई गर्मी र खराब परिस्थितिमा रातभरि काम गर्नु परिरहेको छ जसका कारण शारीरिक समस्या देखिन थालेको छ

सरकारले मतगणनाका क्रममा मृत्यु भएका कर्मचारीका आफन्तलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्रत्येक मृतकका आश्रित परिवारलाई २५ सय डलरका दरले क्षतिपूर्ति दिने सरकारको तयारी छ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata