२७ तालिवान लडाकूको मृत्यु

शनिबार, चैत्र ३०, २०७५



जलालाबाद । अफगानिस्तानको नान्गारहार प्रान्तस्थित शिर्जाड जिल्लामा कम्तीमा २७ तालिवान लडाकूको मृत्यु भएको खबर बाहिर आएको छ ।

तालीवानी समूहले कब्जा गरेको भनिएको ठाउँ(शिर्जाड)बाट उनीहरुलाई हटाउने क्रममा  २७ तालिवान लडाकू मारिएको सरकारी पक्षले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।  वक्तव्यका अनुसार लडाकूले शुक्रबार राति शिर्जाडमा आक्रमण गरेर कब्जा गरेको घोषणा गरेका थिए ।

घटनामा परी अरु दुई दर्जनभन्दा बढी घाइते भएको अधिकारीले जानकारी दिएका छन् । उनीहरुले सुरक्षाकर्मीतर्फ पनि दुई जना मारिएको र आठ जना घाइते भएको जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank