प्रदेश नम्बर ७ ले २५ अर्व बजेट ल्याउने

आइतवार, जेष्ठ २०, २०७५



कैलाली।
प्रदेश नम्बर ७ को आर्थिक मामिला तथा योजना मन्त्रालय आगामी आर्थिक वर्ष २०७५र७६ को बजेटको अन्तिम तयारीमा जुटेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुरुप अर्थ मन्त्रालय बजेटको अन्तिम तयारीमा जुटेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले २५ अर्बको बजेट ल्याउन लागेको जानकारी गराएका छन् । संघीय सरकारले प्रदेश नम्बर ७ का लागि २१ अर्ब १ करोडको ब्यवस्था गरेको छ ।

नयाँ आर्थिक बर्षका लागि आउन लागेको बजेटले दिगो आर्थिक विकास गर्न कहत्वपूर्ण भुमिका खेल्ने बताए ।

बजेटले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ ।

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने, माटो परीक्षण, कृषि बिमा, अनुदान लगायतका लोकप्रिय कार्यक्रम समेटिने अर्थ मन्त्री बोहराले बताएका छन्।

86 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank