विश्व भोकमरीको सूचीमा नेपाल ७३ औँ स्थानमा

बुधबार, अशोज २९, २०७६



एजेन्सी । । यस वर्षको ‘ग्लोबल हंगर इन्डेक्स’ अनुसार नेपाल ७३ औं स्थानमा सफल भएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्थुन्गरहिल्फले संयुक्त रुपमा तयार पारिएको एक प्रतिवेदनमा ११७ मुलुक समावेश गरिएका छन् ।

गत मंगलबार सार्वजनिक गरिएको प्रतिवेदनमा ४३ देशमा भोकमरीको अवस्था गम्भीर रहेको जनाइएको छ । चाड, मडागास्कर, यमन र जाम्बियाको भोकमरीको तह उच्चदरमा अर्थात् ‘अलार्मिङ ’अवस्थामा रहेको र सेन्ट्रल अफ्रिकन रिपब्लिक(५३.६)को अवस्था त्यो भन्दा नराम्रो भएको पाइएको छ ।

ghghgf

जलवायु परिवर्तनका कारण भोकमरीको अवस्था बढेको प्रतिवेदनमा उल्लेख छ । सो सूचीमा भारत १०२ नम्बरमा, पाकिस्तान ९४ मा, बंगलादेश ८८ र श्रीलंका ६६ औं स्थानमा पाइएका छन् । सो सूचीमा बेलारुस(५), बोस्निया हर्जगोभिना(५), बुल्गेरिया(५), चीली(५), कोस्टारिका(५), क्रोसिया(५), युक्रेन(५), टर्की(५), ब्राजिल(५.३) जस्ता मुलुक माथिल्लो श्रेणीमा रहेका छन् । यो प्रतिवेदनलाई विभिन्न महत्वपूर्ण निकायले मान्यता दिँदै आएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata