करिब २ लाख कोरोना संक्रमित उपचारपश्चात घर फर्किए..

बिहिबार, चैत्र २०, २०७६



काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख ३५ हजार नाघेको छ । बुधबार एकै दिन ७६ हजार ८ सय भन्दा बढी संक्रमित थपिएका हुन् ।

पछिल्लो विवरण अनुसार विश्वका २०३ देश र दुई वटा अन्तराष्ट्रिय जहाजमा गरि हालसम्म कोरोना भाइरसबाट ९ लाख ३५ हजार १ सय ९७ व्यक्ति संक्रमित भएका छन्, जसमध्ये ४७ हजार १ सय ९२ जनाको ज्यान गइसकेको छ । यस्तै १ लाख ९३ हजार ९ सय ८९ जना उपचार पश्चात घर फर्कीसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका, इटाली, स्पेन, चीन, जर्मनी, फ्रान्स, इरान प्रभावित भएका छन् । अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार नाघ्दा ५ हजार १ सय  बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा अमेरिकामा २६,४७३ जना नयाँ संक्रमित थपिएका हुन् भने १ हजार ४९ जनाको मृत्यु भएको हो ।

यस्तै, इटालीमा १ लाख १० हजार ५ सय ७४ संक्रमित मध्ये १३ हजार १ सय ५४ बढीको ज्यान गइसकेको छ । स्पेनमा १ लाख ४ हजार १ सय १८ संक्रमित हुँदा  ९ हजार ३ सय बढीको मृत्यु भइसकेको छ । पछिल्ल्लो २४ घन्टामा इटालीमा ४ हजार ७ सय ८२ नयाँ संक्रमित थपिएका हुन् भने ७२७ जनाको मृत्यु भएको हो ।

त्यस्तै, कोरोनाको उत्पती भएको चीनमा ८१ हजार ५ सय ५४ संक्रमितमध्ये ३ हजार ३ सय १२ जनाको ज्यान गएको छ । त्यहाँ दिनहुँ संक्रमणदर घट्दो क्रममा छ । पछिल्लो २४ घन्टामा चीनमा ३६ नयाँ संक्रमित थपिएका हुन् भने ७ जनाको मृत्यु भएको हो ।

त्यस्तै, जर्मनीमा करिब ७८ हजार व्यक्ति संक्रमित भएका छन् । जसमा ९३१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घन्टामा जर्मनीमा ६ हजार १ सय ७३ नयाँ संक्रमित थपिएका हुन् भने १५६ जनाको मृत्यु भएको हो ।

फ्रान्समा कोरोनाबाट करिब ५७ हजार प्रभावित हुँदा ४ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा फ्रान्समा ४ हजार ८ सय ६१ नयाँ संक्रमित थपिएका हुन् भने ५०९ जनाको मृत्यु भएको हो ।

इरानमा साढे ४७ हजार मानिस संक्रमित मध्ये ३ हजारको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा इरानमा २ हजार ९ सय ८८ नयाँ संक्रमित थपिएका हुन् भने १३८ जनाको मृत्यु भएको हो ।

बेलायतमा २९ हजार बढी व्यक्ति कोरोनाबाट संक्रमित मध्ये  २ हजार तीन सय ५० बढीको ज्यान गइसकेको छ  । पछिल्लो २४ घन्टामा बेलायतमा  ४ हजार ३ सय २४ नयाँ संक्रमित थपिएका हुन् भने ५६३ जनाको मृत्यु भएको हो ।

भारतमा करिब २ हजार संक्रमितमध्ये ५८ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घन्टामा भारतमा ६ सय १ नयाँ संक्रमित थपिएका हुन् भने २३ जनाको मृत्यु भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments