अन्त्येष्टि समारोहमा गोली चल्दा दुईको मृत्यु

सोमवार, माघ २०, २०७६



एजेन्सी । युएसएको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ भने दुई जाना सख्त घाइते भएका हुन् । स्थानीय समयअनुसार २:३० बजे गोली चलेको  अमेरिकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रिभेरा विचस्थित एक अन्त्येष्टि समारोहपछि गोली चलेको थियो । गोली लागि मृत्यु हुनेमध्ये १५–वर्षीय किशोर र एक वयस्क पुरूष रहेका छन् । घाइते एक नावालक र वयस्क पुरूषको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणकारीले करिब १३ राउण्ड गोली चलाएको एक प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबारे अनुसन्धान भइरहेको बताइको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments