सुनसहित पक्राउ परेका युवकलाई आठ करोड जरिवानासहित १० वर्ष कैद

सोमवार, जेष्ठ २१, २०७५



लमजुङ।
अन्नपूर्ण पदमार्गअन्तर्गत् लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई रु आठ करोड जरिवानासहित १० वर्ष ६ महिना जेल सजायको फैसला भएको छ ।

ज्याला–मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसला भएको हो ।

जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत् सो कैद सजायको फैसला गरेकोे अदालतले जनाएको छ ।

बिगोबमोजिम उनलाई रु आठ करोड १६ लाख १४ हजार ९६० जरिवाना तोकिएकोे अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।

मनाङबाट बेसीसहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मर्स्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए ।

भरियाकारुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि यसको तस्कर समूह अझै पक्राउ पर्न सकेका छैन ।

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank