केरलमा बाढीको वितण्डा, मर्नेको संख्या १८३ पुग्यो !

सोमवार, साउन २७, २०७६



तिरुवन्तपुरम । भारतको दक्षिण क्षेत्रमा अवस्थित केरल राज्यमा वर्षाले वितण्डा मच्चाएको छ । केरलमा मात्रै साढे दुई लाख मानिसहरुले १,६३९ राहत शिवीरहरुमा शरण लिएका छन् ।

आइतबार देखि लगातार परिरहेको वर्षाले  केरलामा ७२ जनाको ज्यान लिँदै गर्दा अन्य शहर कर्नाटक, महाराष्ट्र तथा गुजरात वर्षा एवम् बाढीको कारण १११ जनाको मृत्यु भइसकेको छ ।

कर्नाटकमा अप्रत्याशितरुपमा बाढी  बढेको कारण पछिल्लो हप्ता देखि हालसम्म ४० जनाले ज्यान गुमाईसकेका छन् भने अन्य १७ वटा जिल्लामा चार लाख मानिस विस्थापित भएका छन् । युनेस्कोले विश्व सम्पदा सूचीमा सुचिकृत गरेको बेल्लारी जिल्लाको तुंगभ्रदा नदिको किनारमा रहेको ‘हम्पी धरोहर’ आइतबार १.७० लाख क्यूसेक पानी भित्र समाहित भएको छ ।

विभिन्न स्थानहरुमा सेना, नौसेना, तटरक्षक, एनडीआरएफ, पुलिस, स्वयंसेवक तथा  माछा मार्ने व्यक्तिहरुलाई बचाउ अभियानमा खटाइएको छ । भारतको दक्षिणी रेलवे मेन्गलुरु -तिरुवन्तपुरम एक्सप्रेस, मवेली एक्सप्रेस, मालाबार एक्सप्रेस, कन्नौर-एर्नाकुलम इन्टरसिटी एक्सप्रेस तथा एर्नाकुलम बेन्गलुरु इन्टरसिटी एक्सप्रेस लगायतका रेल रुट बन्द भएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले कर्नाटक तथा महाराष्ट्रको बाढी प्रभावित क्षेत्रहरुको हवाई सर्वेक्षण गरेका छन् ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata