४ मिटर लम्बाईको अजिङ्गर किन समातियो ?

सोमवार, चैत्र २५, २०७५



फ्लोरिडा । ४ जनाको एक समूह लगातार उभिए । उनीहरुको हातमा लगभग ४/४.५ मिटर लामो अजिङ्गर थियो । जसले एउटा मृग सजिलै निल्ने तागत राख्छ । सो फोटोले  सामाजिक सञ्जालमा एकाएक चर्चा बटुल्यो ।

56237518_2674384359301524_1449151712613892096_n

के थियो फोटोमा ?

उक्त भाइरल फोटोमा देखिएका ४ जनाको समूह एक खोजकर्ताको समूह हो ।  जो  साइप्रस नेशनल प्रीजवमा  पुगेर एक नयाँ तरिका अपनाई  पोथी अजिङ्गर समाती एक फोटोमा लगातार उभिएका थिए । जसको लम्बाई १७ फुट रहेको छ भने तौल १४० पाउण्ड(६४ किलो)को रहेको बताइएको छ ।

python

बिग साइप्रेस नेशनल प्रीजवले आफ्नो  फेसबुक पेजमा गरेको पोस्ट अनुसार फ्लोरिडामा पहिलोपटक यति ठुलो अजिङ्गर समातिएको हो ।

कसरी समातियो ?

प्रथमत: खोजकर्ताहरुको टोलीले भाले अजिङ्गरको शरीरमा रेडियो ट्रान्समिटर लगाए । जब प्रजननको लागि उक्त भाले अजिङ्गर पोथीकहाँ पुग्यो, खोजकर्ताहरुले सजिलै समाते ।

किन समातियो ?

लगभग ४ मिटर लामो उक्त अजिङ्गरको शरीर भित्र ७३ वटा अण्डा रहेको थियो ।

1393593_548357791904202_1651997093_n

अजिङ्गरको हालको अवस्था र रहनसहनको अध्ययनको क्रममा उक्त अजिङ्गर समातिएको बिग साइप्रेस नेशनल प्रीजवले बताएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata