ग्रेटा थनबर्गको संसार हल्लाउने भाषण

मङ्लबार, अशोज ७, २०७६



एजेन्सी । संयुक्त राष्ट्रसंघको ‘क्लाइमेट एक्सन समिट’मा पर्यावरण कार्यकर्ता १६ वर्षकी ग्रेटा थनबर्गले संसार हल्लाउने भाषण दिएकी छिन् । ‘‘हाम्रो अस्तित्व नै लोप हुने अवस्था आरम्भ भएको छ र तपाईँहरू भने पैसा र सधैँको आर्थिक वृद्धिको दन्त्यकथाको कुरा गर्दै हुनुहुन्छ । तपाइँहरूले यस्तो आँट कसरी गर्न सकेको ? ’’उनले ठाडो स्वरमा विभिन्न देशका उच्चस्थ व्यक्तिसामू गम्भीर भाषण गर्दै विश्वकाशक्तिशाली मुलुकलाई सच्चिन आह्वान गरेकी छिन्  ।

स्वीडेनको १६ वर्षिया थनबर्गले अमेरिकाको न्यु योर्कमा जलवायुसम्बन्धी शिखर सम्मेलनमा बोल्दै पृथ्वीको भविष्यप्रति अपेक्षित चिन्ता नदेखाउने विश्व नेताहरूप्रति रोष प्रकट गरेकी छिन् । जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको असर अर्थात् उनका शब्दमा ‘जलवायु संकट’का बारेमा जनचेतना जगाउन ग्रेटाले अभियान सञ्चालन गरिरहेकी छिन् ।

ग्रेटाले आफ्नो भाषणमा भनिन्, “तपाइँहरूले हाम्रो सपना चोर्नुभयो । हाम्रो बचपन खोस्नुभयो । हाम्रो शब्द खोस्नुभयो । म अझै भाग्यशाली छु । अरु व्यक्ति झेलिरहनु भएको छ। मरिरहनु भएको छ । सम्पूर्ण इको-सिस्टम बर्बाद भइरहेको छ ।”

ग्रेटा र संसारका लाखौं जनताले जलवायु परिवर्तनप्रति गम्भीर हुन जति नै आग्रह गरे पनि राजनीतिक नेतृत्व र तिनकै अन्नदाता उद्योगीहरूले भने पटक्कै वास्ता गरेका छैनन् । संसारको सबैभन्दा ठूला  प्रदूषक राष्ट्रहरू चीन, भारत र अमेरिकाले प्रदूषण कम गर्ने कुनै नयाँ वाचा गरेन । पुरानै लक्ष्यमा कायम रहेको मात्र बताए । दोस्रो प्रदूषक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा स्वच्छ ऊर्जाको अंग बढाउने वचन त दिए तर कोइलाको खपत घटाउने विषयमा मुख खोलेनन् । अमेरिकाले त पहिलेका सन्धिहरूकै अवज्ञा गरेको छ ।

मूलतः जैविक इन्धनको उपभोग कम गरेर वायुमण्डलमा तापक्रम बढ्ने गति कम गर्ने उपाय खोज्न संसारका राष्ट्राध्यक्ष, सरकार प्रमुखहरू र व्यावसायिक कम्पनीका प्रमुखहरू जम्मा भए पनि तिनले ठोस निर्णय गरेनन् । जसका कारण ग्रेटाले आफ्नो स्वर उचो बनाउँदै उच्चस्तरीय राजनीतिक व्यक्तित्वहरूलाई दबादस्वरूप भाषण दिएकी हुन् ।

Marina Silva@MarinaSilva

“Vocês procuram por nós, os jovens, pra ganhar esperança. Como vocês se atrevem? Vocês roubaram meus sonhos e minha infância com suas palavras vazias […] O mundo está acordando e as mudanças virão, gostem vocês ou não”, @GretaThunberg.

Embedded video
2,829 people are talking about this
ग्रेटाले आफ्नो सम्बोधनको क्रममा बच्चा र आजका युवापिढीको आवाज सम्मेलनमा राख्दै भनिन्, ” आजका युवाहरूले जलवायु परिवर्तनको मुद्दाको बारेमा ज्ञान प्राप्त गरिसकेका छन् । जलवायु परिवर्तनको मुद्दामा तपाइँहरूले हामीहरूलाई छली रहनु भएको छ । यदि तपाइँहरू केहि गर्नुहुन्न भने युवापिढीले तपाइँहरूलाई कदापि माफी गर्ने छैनन् ।”

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata