स्वतन्त्रता दिवसको अवसरमा भागदौड, १६ जनाको कुल्चिएर मृत्यु

बिहिबार, असार १२, २०७६



एन्टानानैरिवो । मादागास्करको राजधानी एन्टानानैरिवोमा स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा भागदौड मच्चिदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ७५ जना भन्दा बढी घाइते भएका छन् ।

मादागास्करको ५९औँ स्वतन्त्रता दिवसका अवसरमा महामसिना रंगशालामा आयोजित कार्यक्रममा एकाएक भागदौड मच्चिएको म्याडागास्कर प्रहरी अधिकारीले जनाएका छन् ।

मादागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रीत मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित थिए । उनीहरू दुवैले राष्ट्रपति निवासमा आयोजित पत्रकार सम्मेलनमा घटनाप्रति दुःख प्रकट गरेका छन् । राष्ट्रपति रजोलिनाले घाइतेहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताए ।

कुल्चिएर मृत्यु हुनेमा तीन बच्चा पनि रहेका छन् । मृत शवहरु राजधानीकै एचजेआरए अस्पतालमा राखिएको अस्पतालको निर्देशक ओलिवा एलिसन राकोटोले बताएका छन् ।

केही महिना पहिले पनि महामसिना रंगशालामा यस्तै भागदौड मच्चिदा केही व्यक्तिको मृत्यु भएको थियो । गत वर्ष सेप्टेम्बर ९ मा यही रंगशालामा आयोजित मादागास्कर र सेनेगलबीचको फुटबल प्रतियोगितामा भागदौड मच्चिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata