श्रीलंकामा डेँगुको महामारी

शनिबार, बैशाख २१, २०७६



कोलम्बो । श्रीलंकामा यो वर्षको पहिलो चार महिनामा डेँगुको महामारी फैलिँदा १५ जनाको मृत्यु भएको छ भने १५ हजार भन्दा ज्यादा मानिस संक्रमित भएका छन् ।

इपिडीमियोलोजी युनिटको तथ्यांकअनुसार ३० अप्रिलसम्म देखिएका  १५,४०७ डेँगु संक्रमितमध्ये सबैभन्दा ज्यादा ३,४०५ जना कोलम्बोका रहेका छन् । २,००७ जना गामपाहाका रहेका छन् भने १,७८३ जना उत्तर जाफनाका रहेका छन् ।

यस महामारी फैलिएलगत्तै चिकित्सकहरुले ज्वरो आएमा, अनियन्त्रित रुपमा उल्टी भएमा, पेट दुखेमा, पिसाब कम आएमा तथा टाउको रिंगाएमा विशेष सावधानी अपनाउन तथा  चिकित्सकहरुको सल्लाह लिन आग्रह गरेका छन् ।

श्रीलंकामा सन् २०१८ मा डेँगुभाइरसको कारण ५० जनाको मृत्यु भएको थियो भने ४८ हजार मानिसको मृत्यु भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank