बन्दुकधारी समुहद्वार बसमा यात्रारत १४ जनाको हत्या

बिहिबार, बैशाख ५, २०७६



कराची । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा अज्ञात बन्दुकधारी समुहले राजमार्गमा गुडिरहेको बसबाट यात्रुहरुलाई जबर्जस्ति उतारी बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् ।

सुरक्षा अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिए ।

उनले भने, “बन्दुकधारीहरुले गुडिरहेको बसलाई रोके, त्यसपछि बस भित्रका यात्रुलाई बाहिर निकालेर गोली हानी १४ जनाको हत्या गरे ।” उनका अनुसार ओर्माराबाट कराँचीतर्फ गइरहेका बसहरु मकरान तटीय राजमार्गमा रोकेर यात्रुको हत्या गरिएको हो ।

बलुचिस्तान अफगानिस्तान र इरानसँग सीमा जोडिएको पाकिस्तानी प्रान्त हो । यस प्रान्तमा पाकिस्तानभरीकै सबैभन्दा धेरै गरिबी, विभिन्न जातिको बसोबास भएको र सबैभन्दा ठूलो प्रान्त हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank