गौरिका स्वर्णमा चुकेसँगै नेपालको स्वर्ण संख्या ४३ मात्रै

शनिबार, मंसिर २१, २०७६



काठमाडौं  । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत आज भएको पौडी खेलमा नेपाली पौडीबाज गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्नबाट चुकेकी छिन् । पौडीबाज सिंहले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् ।

जहाँ भारतकी मन्ना राजिव पटेलले निर्धारित दुरी १ मिनेट ०२.३५ सेकेण्ड समयमा पुरा गर्दै स्वर्ण जितिन् । आजका विभिन्न खेलहरूमध्ये  स्वर्णकी बलियो दावेदारका रुपमा हेरिएकी सिंहले रजत पदकमा चित्त बुझाउनुपरेसँगै नेपालको स्वर्ण पदक संख्या ४३ मा सिमित भएको थियो ।

नेपालले हालसम्म ३० रजत र ५८ कास्य सहित पदक संख्या १३१ पुर्याउँदा भारत १०६ स्वर्ण, ६९ रजत र ३५ कास्य गरी २१० पदक संख्या सहित अंकतालिकाको अग्रस्थानमा रहेको छ ।यस्तै तेस्रो प्रतिष्पर्धीको रुपमा देखिएको श्रीलंकाको ३० स्वर्ण, ५४ रजत र ८३ कास्य गरी १६७ पदक संख्या रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments