पुरुष भलिबलमा स्वर्णको लागि भारत र पाकिस्तान भिड्दै

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं  । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदकको छिनोफानो आज हुँदैछ । पुरुष भलिबलको उपाधिका लागि आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

भारत र पाकिस्तानबीचको फाइनल भिडन्त अपराहन्न चार बजेपछि त्रिपूरेश्वरस्थित कर्भड हलमा शुरु हुनेछ । भारतले श्रीलंका तथा पाकिस्तानले बंगलादेशलाई हराएर फाइनलमा स्थान बनाएका हुन् ।

पुरुष भलिबलमा नेपाली टोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata