सागमा आज: १५ खेल, १७ स्वर्ण पदकका लागि

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । काठमाडौंमा जारी  १३ औं दक्षिण एसियाली खेलकुद अन्तगर्त आज(मंगलबार) १७ स्वर्ण पदकका लागि १५ वटा खेल हुँदैछ ।

भलिबल तर्फ :

मंगलबारदेखि भलिबल खेल सम्पन्न हुनेछ । दुईवटा स्वर्णका लागि फाइनल खेल हुँदैछ । पुरुष तर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने महिला तर्फ नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा हुने पुरुष तर्फको फाइनल खेल दिउँसो दुई बजे शुरु हुनेछ भने महिलातर्फको खेल चार बजेपछि संचालन हुनेछन् ।

एथलेटिक्सतर्फ :

आजदेखि एथलेटिक्सका खेलहरु पनि संचालन हुनेछन् । एथलेटिक्समा १,५०० मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ । एथलेटिक्समा एक सय र चार सय मिटर दौड तथा हर्डल्सका हिट पनि संचालन हुनेछन् ।

करातेतर्फ :

यस्तै करातेमा ६ वटा स्वर्णको छिनोफानो हुनेछ । पुरुषको ६० केजी मुनी, ६७ केजी मुनी र ७५ केजी मुनीको प्रतिष्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनी, ६१ केजी मुनी र ६८ केजी मुनीमा खेल संचालन हुनेछ । दोस्रो दिन ९ स्पर्धामध्ये ७ मा स्वर्ण र २ रजत पदक ल्याएको  करातेमा आज ६ स्वर्णका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

फुटबलतर्फ:

यता,  फुटबलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल दशरथ रंगशालामा दिउँसो एक बजेदेखि शुरु  हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे शुरु हुनेछ । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।

क्रिकेटततर्फ :

आजदेखि पुरुष क्रिकेट शुरु हुँदैछ । पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिष्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् ।

सुटिङ रेन्जतर्फ :

आजदेखि सातदोबाटोको सुटिङ रेन्जमा सुटिङका प्रतिष्पर्धा हुँदैछन् । लन टेनिसमा टिम इभेन्टका सेमिफाइनलका खेलहरु संचालन हुनेछन् ।

खो खो

खो खोतर्फ मंगलबार सेमिफाइनलको खेल हुने। सेमिफाइनलमा भारतले श्रीलंका तथा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने।

ब्याडमिन्टन

पोखरामा हुने ब्याडमिन्टनतर्फ सोमबार महिला टिम इभेन्टको फाइनलको खेल हुँदै।

गल्फ

गोकर्ण फरेस्ट गल्फ क्लबमा मंगलबार बिहान १० बजेबाट गल्फको खेल शुरु हुने।

टेबल टेनिस

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबार विभिन्न स्पर्धामा खेल हुने।

टेनिस

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार पनि टिम इभेन्ट्समा प्रतिस्पर्धा हुने।

ट्रायथलन

पोखरामा आयोजना हुने ट्रायथलन अन्तर्गत मंगलबार दुवाथलनका खेल बिहान ८ बजे बाट सुरु हुने। ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ ।

साइक्लिङ

साइक्लिङको स्पर्धा मंगलबारबाट सुरु हुने। साइक्लिङको प्रतिस्पर्धा सहिद पार्क गोकर्णमा हुने।

अन्य:

यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata