१३औं साग प्रतियोगितामा नेपाल प्रहरीलाई ५६ पदक

बिहिबार, मंसिर २६, २०७६



काठमाडौं  ।  मंसिर १५ देखि २४ गतेसम्म नेपालमा संचालन भएको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सहभागी नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुले १६ स्वर्ण, १४ रजत र २६ कास्य गरी जम्मा ५६ वटा पदक हासिल गर्न सफल भएका छन् ।

प्रतियोगितामा प्राप्त पदक मध्य करातेतर्फ ७ वटा, तेक्वान्दोतर्फ ४ वटा, भारोत्तोलनतर्फ २ वटा, उसुतर्फ १ वटा,बक्सिङतर्फ १वटार पुरुष फुटबलतर्फ १ वटागरी कुल १६ वटा स्वर्ण पदक छन् ।

त्यसैगरी करातेतर्फ ३ वटा, जुडोतर्फ ३ वटा, तेक्वान्दोतर्फ २ वटा, महिला भलिबलतर्फ १ वटा, टेबुल टेनिसतर्फ १ वटा, कुस्तीतर्फ १वटा, महिला फुटबलतर्फ १वटा, महिला कबड्डीतर्फ १ वटार महिला बास्केटबलतर्फ १वटा गरी कुल १४ वटा रजत पदक प्राप्त भएका छन् । साथै भारोत्तोलनतर्फ ७ वटा,जुडोतर्फ ५ वटा,तेक्वान्दोतर्फ ५ वटा,टेबुल टेनिसतर्फ ४ वटा, करातेतर्फ ३ वटा,ब्याडमिन्टनतर्फ १ वटार पुरुष क्रिकेटतर्फ १ वटा गरी कुल २६ वटा कास्य पदक प्राप्त भएको नेपाल प्रहरी खेलकुद समितिले जनाएको छ ।

उक्त प्रतियोगितामा नेपाल प्रहरीमा आवद्ध ८४ जना खेलाडीहरु विभिन्न खेलहरुमा सहभागी भएको सो समितिले जनाएको छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments