महिला फुटबलमा नेपालको विजयी सुरुवात
मङ्लबार, मंसिर १७, २०७६

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा सरु लिम्बुको निर्णायक गोलसँगै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले विजय सुरुवात गरेको छ । तेस्रो दिन मंगलबार भएको पहिलो खेलमा श्रीलंकामाथि १–० को नतिजा निकाल्दै नेपालले विजय सुरुवात गरेको हो ।
पोखरा रंगशालामा भएको उक्त खेलमा नेपालका लागि सरुको गोल निर्णायक रहेको हो । उनले खेलको ८८ औं मिनेटमा गोल गरेकी थिइन् ।
आजको जितसँगै नेपालको स्वर्ण जित्ने लक्ष्य मजबुत बनेको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments