संसदको कठघरामा एकै दिन १२ मन्त्री ! कसले के भने ?

बुधबार, असार १३, २०७५



काठमाडौं । व्यवस्थापिका संसदमा एकै दिन १२ मन्त्रीले जवाफ दिएका छन् । प्रतिनिधि सभामा विनियोजन विधेयमाथी उठेका प्रश्नको आज दोस्रो दिन १२ मन्त्रीले जवाफ दिएका छन् ।  विनियोजन विधेयक २०७५ अन्तर्गत विभिन्न मन्त्रालयका लािग छुट्याईएको रकम र शीर्षकमाथी सांसदले उठाएका प्रशनको जवाफ दिने क्रममा विभागीय मन्त्रीहरुले मातहतका मन्त्रालयका लागि विनियोजित बजेट कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताएका हुन् ।

उप प्रधानतथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, उर्जामन्त्री बर्षमान पुन, संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालबाबु पण्डितसहितका १२ मन्त्रीले जवाफ दिएका हुन् ।

मन्त्रीहरुले आ आफ्नो मन्त्रालयले गरिरहेका कामका विषयमा जानकारी दिएका थिए । उद्योग बार्णिज्य मन्त्री मातृका यादवले पनि जवाफ दिएका थिए । मन्त्री यादवले स्वास्थ्यमा नयाँ ढंगले सरकार अगाडी बढ्न लागेको बताए ।

गृहमन्त्री रामबहादुर थापाले सरकारले देशभरी विकास विरोधीलाई कडाई गरिरहेको, थप अरु क्षेत्रका सिण्डिकेट अन्त्य गर्न लागेको बताए ।

परराष्ट्र मन्त्री ज्ञवालीले छिट्टै राजदुत नियुक्त गर्ने जानकारी दिए । मन्त्री प्रदीप ज्ञवालीले सरकारले सबै मुलुकसँग सन्तुलित परराष्ट्र नीति अवलम्वन गरेको दावी गरे । नेपाल भारतको सीमा क्षेत्रमा रहेका ८ हजार ५ सय ५३ सीमास्तम्भ मध्ये ६ हजार ५ सय ५३ वटा सीमास्तम्भको पुनर्निर्माण भइसकेको उनले संसदलाई जानकारी दिए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले विश्वका विभिन्न १० मलुकमा ३ सय ४३ नेपाली नागरिक थुना तथा बन्दी अवस्थामा रहेको जानकारी दिए । सबैभन्दा बढी साउदी अरबमा २ सय १९, दुबईमा ६३, थाईल्याण्डमा ३९ जना नेपाली, कारागारमा रहेको मन्त्री विष्टले जानकारी दिए । २० जना नेपाली अचेत अवस्थामा विभिन्न मुलुकमा अति सघन उपचार कक्षमा उपचारत रहेको पनि मन्त्री विष्टले जानकारी दिए ।

प्रशासनमन्त्री बु पण्डितले कर्मचारी व्यवस्थापनका लागि संघीय निजामति ऐन छलफलमा रहेको बताए । ट्रेड युनियनका विषयमा असार १ देखि कसैलाई पनि काज नदिइएको र ट्रेड युनियन व्यवस्थापन गरेर लाने तयारी भइरहेको उनले जानकारी दिए । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री पुनले भारतबाट नेपाल ल्याउने विजुलीको मुल्य फरकफरक रहेको जानकारी दिए ।

शहरी विकासमन्त्री मोहम्मद इस्तीयाक राईले बाक्लो वस्ती भएको ठाउँ र शहरी क्षेत्रको व्यवस्थापनका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गरे ।

217 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank