कोरोनाबाट मुक्त हुनेको संख्या १० लाख नाघ्यो

बिहिबार, बैशाख १८, २०७७



विश्वव्यापी महामारी कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ६ सय बढी संक्रमित थपिँदा साढे ६ हजार बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

२४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार बढी संक्रमित थपिँदा २ हजार ३९० जनाको मृत्यु भएको छ ।अमेरिकामा हालसम्म १० लाख ६५ हजार बढीमा कोरोना पुष्टि हुँदा ६१ हजार ६ सय बढी व्यक्तिले ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा २ लाख ३६ हजार ८ सय व्यक्ति संक्रमित पुग्दा २४ हजार २ सयको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३ हजार संक्रमितमध्ये २७ हजार ६ सयले ज्यान गुमाएका छन् ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ६६ हजार ४ सय पुगेको छ । जसमध्ये २४ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

बेलायतमा संक्रमितको संख्या १ लाख ६५ नाघ्दा २६ हजारले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख ६१ हजार संक्रमितमध्ये ६ हजार ४ सय व्यक्तिको मृत्यु भएको छ ।

वल्डोमीटरका अनुसार बिहीबार बिहानसम्म कुल संक्रमितको संख्या ३२ लाख १९ हजार नाघेको छ । जसमध्ये १० लाख २ सय बढी व्यक्ति उपचारपछि निको हुँदा २ लाख २८ हजार १ सय बढीले ज्यान गुमाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments